आज थप २०६५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु


काठमाडौं ।

पछिल्लो २४ घण्टामा दुई हजार ६५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुुसार पछिल्लो २४ घण्टामा १३ हजार एक सय १७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।

सक्रिय संक्रमित संख्या ३७ हजार पाँच सय ९९ रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी संक्रमण भएका जिल्ला २० रहेका छन् । नेपालमा संक्रमणको दर १९ दशमलव ५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सात लाख आठ हजार दुई सय ३० जना संक्रमणमुक्त भएका मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९३ दशमलव ६ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म १० हजार ६ सय ६३ जनाको संक्रमणबाट ज्यान गएको छ । मन्त्रालयकाअनुसार नेपालमा प्रतिदश लाखमा तीन सय ५९ दशमलव ४ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ६ सय २२ जना सघन उपचार कक्ष ९आईसीयू०, एक सय ७१ जना भेन्टिलेटर, ३४ हजार ६ सय ७३ जना होम आइसोलेसन, दुई हजार नौ सय २३ जना संस्थागत आइसोलेसन र तीन सय ३७ जना क्वारेन्टाइनमा छन् ।