दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान


काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा आज ।बिहीबार पुनः मतदान हुने भएको छ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः हुन लागेको हो ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो ।

कहाँ कहाँ हुँदैछ मतदान ?

(वैतेश्वर गाउँपालिका(६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका(२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’

(वैतेश्वर गाउँपालिका(३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ ।