काठमाडौं १० मा राजन केसीको अग्रता, पछ्याउदै घण्टी


५ मंसिर, काठमाडौं ।
काठमाडौं दस नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसी राजनले अग्रता लिएका छन् । केसीले १०७७ मत प्राप्त गरेका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले प्रारम्भिक अग्रता लिएका हुन् । उनले १०७७ मत प्राप्त गरेका छन् । कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६९५ मत ल्याएर पछ्याइरहेका छन् ।नेकपा एमालेका हिमेश केसीले ६७२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले ५९५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले १६० मत प्राप्त गरेका छन् ।