प्रतिनिधिसभामा मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ बर्षिय थकाली विजयी


५ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । मुस्ताङमा जारी मतगणनाको रुझान हेर्दा मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ ।
हिमाली जिल्ला मुस्ताङमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपस्थिति देखाएको छ ।

गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । कांग्रेस नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले इन्ट्रीमै बाजी मारेका छन् । अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए । कांग्रेसले उम्मेदवार बनाएका ९१ जनामध्ये सम्भवतः थकाली सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।