सुदूरपश्चिम सरकारमा दुई राज्यमन्त्री थपिए


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुर्नगठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुर्नगठन गरेको हो ।

सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुर्नगठन गरेका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ । उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् ।

उनीहरू दुवै जनाले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो ।

यस्तै समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएका कुलबीर चौधरी हालै नेकपा एमालेमा प्रवेश भएपछि उनको सट्टामा बुढाथोकीलाई नियुक्त गरिएको हो ।