१ करोड ७९ लाख ८८ हजार ५७० मतदाता


काठमाडौं ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । निर्वाचन आयोज आज एक विज्ञप्ति जारी गर्दै कुल मतदाता संख्या सार्वजनिक गरेको हो ।

आयोगका अनुसार कुल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य रहेका छन् ।

२०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम नामावलीमा समावेश गरिएको आयोजले जनाएको छ ।

यसैगरी मतदाता संख्या समेतका आधारमा आयोगले १० हजार ८९१ मतदान स्थल अन्तर्गत २२ हजार २२६ मतदान केन्द्रहरु रहेन गरी मतदान केन्द्र स्वीकृत गरेको छ ।