बागमती सभ्यता एकीकृत विकास समितिलाई सहयोग सामाग्री हस्तान्तरण


काठमाडौ । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौलाई सहयोग गरेको छ । विहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी समितिलाई आवश्यक सफाई औजार तथा विरुवा सुरक्षा जाली सहयोग गरेको हो ।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंकोतर्फबाट काठमाडौं महानगरपालिकाकी नगर उप्रमुख सुनिता डंगोलले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौंका अध्यक्ष उद्धबप्रसाद तिमिल्सिनालाई ती जाली तथा उपकरणहरु हस्तान्तरण गरेकी हुन् ।
ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँंच सय बराबरको सफाई औजार तथा उपकरणहरु प्रदान गरेको जानकारी गराए । कार्यक्रममा उपमेयर डंगोल, ग्रिल तथा स्टिल व्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहन कटुवाल, बागमति सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौका अध्यक्ष तिमिल्सिना, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल भट्टराई, दिपक सुवेदी लगायतले बागमती नदीलाई जोगाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।

कार्यक्रममा उपमेयर डंगालले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौको कार्यालय परिसरमा बृक्षारोपन पनि गरेकी थिइन् । कार्यक्रममा सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । साथै प्रमुख अतिथिलगायतलाई पनि मायाको चिनो दिइएको थियो ।