सहरी विकास मन्त्री चौधरी र सचिव डा.सिंहबीच कार्य सम्पादन सम्झौता (फोटोफिचर)


२२ साउन, काठमाडौं ।
मन्त्रालयको कामलाई प्रभावकारी रुपमा अघि बढाउन सहरी विकास मन्त्री मेटमणि चौधरी र सचिव डा. रमेश प्रसाद सिंहबीच कार्य सम्पादन सम्झौता भएको छ । विगतको बर्षझै यस बर्ष पनि मन्त्री र सचिवबीच कार्य सम्पादन सम्झौता भएको हो । त्यसैग्रीमन्त्रालयका सचिव र मन्त्रालय तथा मन्त्रालयसम्बद्ध निकायका पदाधिकारीहरूबीच पनि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ ।

सहरी विकास मन्त्रालयमा आइतवार आयोजना गरिएको कार्यक्रममा सचिवसँग काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल, मन्त्रालयका सहसचिव पद्मम मैनाली, विभागका महानिर्देशक रामचन्द्र दंगाल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा, अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी निर्देशक विद्रोह दाहाल र राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक नारायण प्रसाद बास्तोले छुट्टाछुट्टै कार्य सम्पादन सम्झौता गर्नुभएको हो ।

सम्झौतामा वार्षिक कार्यक्रम अनुसारका लक्ष्य र क्रियाकलाप, समय सीमा, श्रोत, सहयोगी व्यक्ति तथा निकाय, अनुगमन संयन्त्र तथा मूल्यांकनका वस्तुगत सूचक र क्रियाकलापका आधारमा मूल्यांकनको अंकभार समेत निर्धारण गरिएको छ ।
कार्यक्रममा मन्त्री मेटमणि चौधरीले कार्य सम्पादन सम्झौता मार्फत प्रशासनलाई नतिजामूखी बनाउन सहयोग पुग्ने विश्वास वयक्त गरे । उनले सार्वजनिक पदाधिकारीहरूलाई आफ्नो कामप्रति थप जिम्मेवार बनाउन कार्य सम्पादन सम्झौता महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहका अनुसार यो सम्झौता विकासको लक्ष्य प्राप्ति र सेवा प्रवाहमा सुधारमा महत्वपूर्ण हुनेछ ।