जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त, ५ बजे शपथ


नेपालभूमि, काठमाडौं ।

अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा नियुक्त भएका छन् । यसअघि राजीनामा दिएका शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।

अर्थमन्त्री शर्मामाथि करका दर हेरफेर गरको आरोप लागेपछि छानबिन गर्न सजिलो होस् भनेर राजीनामा दिएको बताएका थिए ।

उनीमाथि छानबिन गर्न गठित संसदीय समितिले क्लिन चिट दिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।