‘प्रेमगन्ज’ युरोपमा अन्तर्राष्ट्रिय चलचित्रसरह प्रदर्शन हुने


काठमाडौं, ८ साउन ।

फिल्म प्रेमगन्ज युरोपका देशमा हुने भएको छ । प्रेमगन्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको हो । जर्मनको फिल्म वितरक कम्पनीले प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपेली देशमा प्रदर्शन गर्न लागेको हो ।

‘अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ । यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ,’ निर्देशक परिच्छेद सेनले भने । प्रेमगन्ज भारतमा पनि प्रदर्शन हुने प्रेमगन्ज ३ भदौबाट देशभर प्रदर्शन हुनेछ ।