अष्ट्रेलियाका चार सहरमा बद्रीबहादुर


काठमाडौं, २६ असार ।

निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ नेपाल अघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ । फिल्मको आगामी ३० जुलाईमा सिड्नीलगायत चार सहरमा रिलिज गर्न लागिएको हो । फिल्म रिलिजकको लागि शोभित केही दिनअघि अष्ट्रेलिया उडेका थिए । फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजंग बस्नेत, धिरेन शाक्य र नवकलाकार एलिना गुरुङको अभिनय छ ।

एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन छ । कमेडी जनराको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा छायांकन गरिएको हो ।