नेप्सेमा सामान्य अंकले गिरावट


नेपालभूमि, काठमाडौं ।

शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा नेप्से सूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो ।

अघिल्लो दिन यस्तो सूचक एकैदिन ७४ अंकमाथिले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको थियो । आज फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् । आज ८ अंक माथिले घटेको बजारमा १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।