जनतालाई केन्द्रमा राखेर काम गर्छु : मन्त्री कुँवर 


नेपालभूमि, काठमाडौं ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई केन्द्रमा राखेर काम गर्ने बताउनुभएको छ । बुधबार राजधानीमा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बधाई शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यस्तो बताउनुभएको हो ।

उहाँले जनतासँगै  पार्टीलाई समेत समेटेर लैजाने बताउनुभयो ।   उहाँले भन्नुभयो, ‘मेरो पहिलो प्राथमिकता भनेको जनता हो । पार्टीलाई पनि प्राथमिकतामा राखेर काम गर्छु ।’

उहाँले मन्त्री पदमा रहँदा समेत जनतासँग प्रत्यक्ष जोडिने बताउँदै आफूमाथि आशंका नगर्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । मन्त्री कुँवरले पार्टीले प्रदान गरेको जिम्मेवारी समग्र सुदूरपश्चिमकै लागि अवसर रहेको समेत उल्लेख गर्नुभयो ।