मन्त्री झाँक्रीद्वारा बागमती करिडोर निरीक्षण


काठमाडौं, ८ असार ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बागमती करिडोर अन्तर्गत गोकर्ण क्षेत्रमा निरीक्षण गर्नुभएको छ । बुधवार बिहान साढे ६ बजे नै निरीक्षणमा पुग्नुभएकी उहाँले आयोजनाको काम द्रुत गतिमा अघि बढाउन निर्देशन समेत दिनुभयो ।

आयोजनाको काम सन्तोषजनक नदेखिएको बताउँदै मन्त्री झाँक्रीले आयोजनाको काम समयमै सक्न पनि निर्देशन दिनुभयो
। उक्त आयोजना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले अघि बढाइरहेको छ ।

बागमती नदी सौन्दर्यीकरणमा मन्त्री झाँक्रीले यसअघि दिनुभएको निर्देशानुसार नै काम भइरहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले बताएको छ ।