जुम्लामा प्रकोपबाट क्षति भएका पशुपंक्षिका लागि ८ लाख राहत


नेपालभूमि, जुम्ला ।

जुम्लामा प्राकृतिक प्रकोपबाट क्षति भएका पशुपंक्षीको लागि राहात वितरण गरिने भएको छ । सोमबार जिल्ला स्तरीय राहात वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त भएको राहात कार्यविधी अनुसार ८ लाख उपलब्ध गराइने भएको हो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई र प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यको प्रमुख आथित्यमा बसेको जिल्ला स्तरको वैठकले पशुसेवा तथा पशुअस्पताल कार्यालय जुम्लाले कार्यविधि अनुसार तयार पारेको राहात उपलब्ध गराउने निर्णय भएको छ ।

त्यस्तै पशुसेवा तथा पशुअस्पताल कार्यालय जुम्लाले आर्थिक बर्ष २०७८/०७९ मा गत २०७८ साउन देखी हाल सम्म क्षेति भई प्रहरीको मुचुल्का अनुसार पुष्टि भई आएका भेडा, पाठापाठी, बाख्रा खसी, गाईगोरु, कुखुरा, माछा पोखरीको क्षेतिमा पाउने राहात जानकारी गरेको थियो ।

त्यस्तै कार्यालय प्रमुख गोविन्द बहादुर महतले प्रस्तुत गर्नुभएको राहात मापदण्ड अनुसार कार्यालयलाई आएको नौ लाख मध्य आठ लाख बितरण गर्ने निर्णय भएको छ । एक लाख भने असार अन्तिम सम्ममा केही क्षेति भएमा वितरण गरिने भएको छ ।

कार्यालय प्रमुख महतका अनुसार २०७८ कार्तिक २ गते प्राकृतिक प्रकोपले सवैभन्दा बढी क्षेति भएका तातोपानी गाउँपालिका वडा नम्बर ७ का किसानका भेडाको क्षेति भने संघीय सरकारले राहात दिने भएको छ । ताम्ति क्षेत्रका ९ जना किसानका १ सय४३ भेडा अविरल बर्षा र बाढिले बगाएर नष्ट भएका थिए ।

त्यस्तै वैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो राहात भएपनि उपलब्ध हुने भएकोमा राम्रो भएको बताए ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले लामो समय देखीको प्रयासमा किसानले पाउने पशुपक्षीको राहातका लागि निर्णय भएको र चाडै खातामा हाल्न कार्यालयलाई निर्देशन गरे । पशु अस्पताल तथा पशुसेवा कार्यालयले गत आर्थिक बर्षमा रु १४ लाख राहात बितरण गरिएको जानकारी गरिएको छ ।