चलचित्र ‘प्रेमगन्ज’को टिजर सार्वजनिक (भिडियाे)


नेपालभूमि, काठमाडौं ।

भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरलाई सुरक्षा पन्थको आवाजमा फेरि रिलिज गरिएको हो । दुई महिनाअघि कपिराइट फ्री गरिएको टिजर एक सयभन्दा बढी युट्युब च्यानलबाट एकै साथ रिलिज भएको थियो ।

त्यो मध्य बुढा सुब्बा युट्युब च्यानलबाट सबैभन्दा बढी तीन लाख भ्युज गएको थियो । तर, सम्झौतामा असहमति भएपछि निर्माण टिमले एक महिनाअघि टिजर हटाएको थियो । त्यही टिजरलाई आज ओ एसआर डिजिटलबाट आवाज परिवर्तन गरेर सार्वजनिक गरिएको छ ।

सञ्जय लामाले खिचेका सुन्दर दृश्यमा कविता र चरित्रलाई एकाकार गराउँदै निर्देशक परिच्छेद सेनले दर्शक उत्सुक बनाउने टिजर सार्वजनिक गरेका छन् । सार्वजनिक टिजरले फिल्ममा दुई पुस्ताको प्रेमकथा भएको छनक दिएको छ ।

टिजरमा सुरक्षा पन्त र बेनिशा हमालसँगै नव प्रवेशी तेज गिरीको प्रभावशाली उपस्थिति महसुस गर्न सकिन्छ । टिजरमा बाल कलाकार राइडर प्रशान्त र सिमरन खड्काको पनि अभिनय अटाइएको छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई परिच्छेद सेनले नै लेखेका हुन् । खासमा टिजरमा सुरक्षाको आवाज नै चाहिने थियो । त्यो समय सुरक्षा नेपाल बाहिर भएकोले अच्युत घिमिरेको आवाज भरिएको हो । निर्देशकले परिच्छेद सेनले भने । सुरक्षा कान्स देखि फर्किन साथ फिल्मको सम्पूर्ण डबिङ सकेकी हुन् । प्रेमगन्जमा सुरक्षा पन्त पनि महत्त्वपूर्ण भूमिकामा छिन ।

फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ । यस्तै, फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो । फिल्मको टाइटल गीत यही १० गते रिलिज हुँदै छ भने । भाद्र तीन गते देश लगायत इन्डियामा एकसाथ प्रदर्शन हुँदै छ ।