एन्फा निर्वाचन : वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित


नेपालभूमि, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०को आगामी चार वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन् ।

सोमबार वुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न चुनावमा पंकजविक्रम नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका खड्काले ४४ मत ल्याए । कर्माछिरिङ शेर्पा प्यालनका उम्मेदवार शिक्षित पराजुलीले ४० मत ल्याए ।