प्रअ कुँवरको सक्रियतामा राष्ट्रिय माविलाई १ करोड ४० लाख बजेट


नेपालभूमि, काठमाडौं ।

अछामको साँफेबगर नगरपालिका-१३ बाब्लास्थित राष्ट्रिय माध्यमिक विद्यालयका लागि रु. १ करोड ४० लाख बजेट विनियोजन भएको छ ।  राष्ट्रिय योजना आयोगले विद्यालयको नयाँ भवन निर्माणका लागि उक्त रकम विनियोजन गरेको विद्यालयका प्रधानाध्यापक तिलक कुँवरले जानकारी दिनुभयो ।

वि.सं. २०१६ सालमा स्थापित विद्यालयका अधिकांश भवन जीर्ण बनेका छन् । भूकम्पको जोखिम र विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै नयाँ भवन निर्माणको लागि रु‍. २ करोड ५६ बजेट माग गरिएकोमा रु. १ करोड ४० विनियोजन भएको प्रधानाध्यापक कुँवरले बताउनुभयो ।

हाल उक्त विद्यालयमा कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकाय समेत सञ्चालनमा छन् । झण्डै ७ सय विद्यार्थी अध्ययनरत  सो विद्यालय जिल्लामै नमूना विद्यालयका रूपमा स्थापित छ । आधुनिक र भूकम्प प्रतिरोधी भवन निर्माणका लागि क्रमागत बजेटमा थप रकम छुट्याउने योजना आयोगले आश्वासन दिएको समेत प्रधानाध्यापक कुँवरले बताउनुभयो ।