आइबा बक्सिङ : पुनम पराजित


नेपालभूमि, काठमाडौं ।

टर्कीको ईस्तानबुलमा जारी आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको नेपालकी पुनम रावल पराजित भएकी छन् ।

महिला ५७–६० केजी तौलसमूहमा भएको खेलमा पुनम ग्रिसकी कानी मारिआलासँग पराजित भएकी हुन् । पहिलो राउण्डदेखि नै आक्रामक रूपमा खेल्ने प्रयास गरेकी पुनम टेक्निकल रूपमा अव्वल तथा अग्लो कदकी मारिआलासँग पराजित भएकी थिइन् ।

मारिआलाले पहिलो राउण्डदेखि अन्तिमसम्म अग्रता कायम गर्दै युनानिमस डिसिजनको आधारमा ५ दशमलव ० को नतिजाले खेल आफ्नो पक्षमा पारेकी हुन् ।