टोल टोलमा भोट माग्दै वडा अध्यक्षका उम्मेदवार बोहोरा (फोटोफिचर)


२० वैशाख, काठमाडौं ।

नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगरपालिका–७ का वडा अध्यक्षका उम्मेदवार अमरचन्द्र बोहोरा चुनावी अभियानमा व्यस्त भएका छन् । चुनावी अभियान अन्तर्गत घरदैलादेखि कोणसभाको कार्यक्रमलाई तीब्रता दिएका छन् ।

आज मुलपानीको पिपलबोट क्षेत्रमा अध्यक्षका उम्मेदवार बोहोरा वडा सदस्यसहितको टोलीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । लामो समयदेखि माओवादीको राजनीतिमा सक्रिय रहदै आएका उनले आज टोलवासीका आर्शिवाद लिएका छन् ।

वडा अध्यक्षमा निर्वाचित भएपछि समग्र वडाको विकासको लागि योजनाबद्ध रुपमा काम गरिने बोहोराले बताए । उनले भने,‘वडालाई समृद्ध बनाउन धेरै काम गर्न बाँकी छ, निर्वाचित भएपछि निर्वाचनमा क्रममा गरेको प्रतिबद्धता अनुसार काम गर्छु ।’ वडा नम्बर सातमा ४८ सय मतदाता रहेका छन् ।
यस्तो देखियो घरदैलो अभियान