ह्वावेद्वारा ईसीजी जाँच गर्न सकिने स्मार्टवाच सार्वजनिक


नेपालभूमि, काठमाडौं ।

चिनियाँ कम्पनी ह्वावेले आफ्नो नयाँ स्मार्टवाच जीटी थ्री प्रो सार्वजनिक गरेको छ । यो स्मार्टवाच दुईवटा साइज ९४६ एमएम र ४३ एमएममा उपलब्ध छ । ४६ इन्चको वाच ‘टाटनम’ बाट बनेको हो भने ४३ एमएम सेरामिक भेरियन्टमा आएको छ । यी दुई घडिमा क्रमशः १.३ इन्च र १.३२ इन्चको एमोलेड डिस्प्ले उपलब्ध छ ।

४६ एमएम भेरियन्टको वाचमा १४ दिनसम्म टिक्ने ब्याट्री रहेको दावी छ । भने ४३ एमएम भेरियन्टको ब्याट्री ७ दिनसम्म टिक्ने जनाइएको छ ।

पानी प्रतिरोधात्मक यो घडि ३० मिनेट सम्म डाइभिङ गर्दा पनि केही नहुने कम्पनीको दाबी छ । साथै यसमा ३०० भन्दा बढि गल्फ कोर्सको म्याप भएको कारण यो घडि गल्फ खेलाडीहरूका लागि पनि उपयोगी हुने जनाइएको छ ।

यो घडिमा १०० भन्दा बढि स्पोर्टस मोड र १८ ओटा व्यवसायिक मोडहरू उपलब्ध छन् । साथै यो घडिले ईसीजीको पनि काम गर्ने कम्पनीले जनाएको छ । यसको अर्थ यो स्मार्टवाचले मुटुको धड्कन मापन गर्नेमात्रै नभएर ईसीजी गर्दा प्राप्त हुने सबै प्रकारको स्वास्थ्य रिपोर्ट पनि दिन सक्छ ।

यस स्मार्टवाच मार्फत शरीरको अक्सिजन लेबल र तापक्रम पनि मापन गर्न मिल्नेछ भने यसले प्रयोगकर्ताको निन्द्रा र तनाव मापन पनि गर्ने जनाइएको छ ।

हार्मोनी ओएसमा आधारित ४६ एमएमको टाइटानियम भेरियन्टको मूल्य २५ सय युआन अर्थात ४६ हजार तीन सय पाँच रुपैयाँ पर्छ भने ४३ एमएमको सेरामिक भेरियन्टको मूल्य ३ हजार युआन अर्थात ५५ हजार ६ सय रुपैयाँ पर्ने जनाइएको छ ।