बन्चरेडाँडा ‘ल्याण्डफिल्ड साइट’ अनुगमनमा मन्त्री झाँक्री (फोटोफिचर)


नेपालभूमि, काठमाडौं ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नुवाकोट र धादिको सिमानामा निर्माणाधीन बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटको अनुगमन गरेकी छन् ।

बिहीबार मन्त्रालयको टोलीसहित मन्त्री झाँक्री बन्चरेडाडा ल्याण्डफिल्ड साइटमा पुगेर अुगनमन गरेकी हुन् । अनुगमनका क्रममा मन्त्री झँक्रीले ठेकेदारलाई एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिइन् ।

उक्त साइट निर्माणको काम अन्तिम चरणमा पुगेको हो । दुई वटा सेलमध्ये पहिलो सेल सञ्चालन गर्न सकिने अवस्थामा पुगेको छ । भने दोस्रो सेल चैतमसान्तसम्म निर्माण सम्पन्न हुने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले जानकारी दिए । काठमाडौंबाट झण्डै २ घण्टाको दुरीमा रहेको सो साइटमा हाल फोहोर विर्सजन गरिँदै आएको सिसडोल नजिकै निर्माण भइरहेको छ ।

विभाग र लुम्बिनी/कोशी एण्ड न्यौपाने जेभीबीच २०७६ वैशाखमा करिब ३४ करोडमा दुई वटा सेल निर्माण गर्ने सम्झौता भएको थियो । झण्डै तीन वर्षपछि महत्वपूर्ण मानिएको ल्याण्डफिल साइट अब भने सञ्चालनमा आउने भएको छ ।

त्यसैगरी ५२ करोडमा लागतमा कालिका कन्ट्रक्सनले १५ मिटर अग्लो बाँध निर्माण गरिरहेको छ । बाँध निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको र बाकी काम चैत्रभित्र सम्पन्न गरिसक्ने लक्ष्य कम्पनीले लिएको छ ।

धादिङको धुनेवसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले बन्चरेडाँड ल्यान्डफिल साइटमा फोहोर विसर्जनसँगै स्थानीयवासीको मागलाई पनि सम्बोधन गर्नुपर्ने बताए ।

‘आँगनमा फोहोर राखेर घरभित्र सफा छ भन्यौ भने हामी चुक्छौँ, सडक व्यवस्थापन वातावरणीय रूपमा यहाँका नागरिकको सुरक्षाको लागि के काम गछौ भन्ने सरकारले दायित्व पूरा गर्नुपर्छ’, उनले भने ।

फोहोर व्यवस्थापनमा नेपालकै महत्वपूर्ण नमूना आयोजनाको रूपमा लिइएको ल्यान्डफिल साइट सञ्चालनमा आउने भएपछि काकमाडौँ उपत्यकाको फोहोर विर्सजन गर्न अब बारम्बारको समस्या समेत  समाधान नहुने भएको छ ।