पर्यटन मन्त्री आलेद्धारा पशुपति क्षेत्रको आकास्मिक अनुगमन (फोटोफिचर)


विमल विष्ट
४ फागुन, काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्री अगाडी नै पशुपति क्षेत्रमा भगवान शिवका मुर्तिहरु तथा देवी देवताको चित्र पेन्टिङ गर्न निर्देशन दिनु भएको छ ।
आज बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नु भएका मन्त्री आलेले शिवरात्रीको समयमा पशुपति क्षेत्र बिभिन्न देबी देवताका चित्र सहितका वाल पेन्टिङ गर्न विकास कोषका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “महाशिवरात्री पर्व आउदै छ, पशुपति क्षेत्रमा रहेका सम्पुर्ण पर्खालहरुमा भगवान शिब तथा क्षेत्र बिभिन्न देबी देवताका चित्र सहितका वाल पेन्टिङ गराएर सजाउनु होला ।”
निरीक्षणकै क्रममा मन्त्री आलेले थप भन्नुभयो, “राष्ट्रदेव पशुपति क्षेत्रमा जताततै फोहरको थुप्रो छ, पर्खाल वरीपरि दिशा, पिसाबले भरिएको छ, सबै सफा राख्नुस पर्खालहरुमा भगवानका चित्रले पेन्टिङ गर्नुस ।

” यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसलहरु व्यवस्थित ठाउँमा तत्काल सार्न र यहाँ फूल प्रसाद बिक्रि गर्नेहरुका लागि पायक पर्ने ठाउँमा पसलहरु निर्माण गर्न समेत निर्देशन दिनुभयो ।मन्त्री आलेले पशुपति परिसरमा सरसफाइ, जिर्णोद्दार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्न समेत आग्रह गर्नुभयो । देश विदेशबाट आउने लाखौंं भक्तजनहरुको सहज सुविधा र आकर्षण बढाउन पशुपतिको अहिलेको अव्यवस्थालाई पूरै हटाएर व्यस्थित र आकर्षक बनाइने मन्त्री आलेले बताउनुभयो । पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले मन्त्रीको निर्देशनपछि व्यवसायिक कलाकारहरु लगाएर भित्तामा कलात्मक तस्विर चित्रण गर्ने काम तत्काल सुरु गर्ने बताउनुभयो ।