ओमिक्रोन भेरियन्टप्रति सतर्कता : अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक


काठमाडौँ । सरकारले अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । कोरोना भाइसरको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम देखिएको भन्दै सरकारले अर्को व्यवस्था नभएसम्मका लागि अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेश नदिन मन्त्रालयले निर्देशन दिएको छ । तर, कुटनीतिक र आपतकालीक कामका लागि भने अफ्रिकी मुलुकका नागरिकलाई प्रवेश दिने जनाएकाे छ ।

दक्षिण अफ्रिकी मुलुकहरुमा हाल ओमिक्रोन भेरियन्टकाे भाइरस भेटिएपछि सरकारले सतर्कता अपनाएको गृह मनत्रलयले जनाएको छ ।