कांग्रेस कञ्चनपुरमा बोगटी निर्वाचित


महेन्द्रनगर ।

नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित हुनुभएको छ । आज आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गर्नुभयो ।

बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएको थियो भने नेता थापा अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँद समूहको प्यानलमा हुनुहुन्थ्यो । त्यसैगरी कांग्रेस उपसभापतिमा मीनबहादुर सिंह र हरिचन्द्र राना निर्वाचित हुनुभयो । सिंहले ७८६ मत प्राप्त गर्नुभयो भने रानाले ७६३ मत प्राप्त गरी विजयी हुनुभयो । उपसभापतिका प्रत्यासीद्वय दिवाकर पाण्डेयले ७०४ र शङ्करबहादुर चन्दले ७४० मत पाउनुभयो ।

त्यसैगरी सचिव पदमा भीमराज भट्ट र हेमराज ओझा हुनुभभयो । त्यस्तै सहसचिवमा नाफुसिंह साउँद र पुष्कल चौधरी निर्वाचित हुनुभयो । कांग्रेस कञ्चनपुरका पदाधिकारीको मतपरिणाम सार्वजनिक भए पनि सदस्यको भने गणना कार्य जारी रहेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा कूल एक हजार ५७१ मत खसेको थियो ।