सर्लाहीमा कांग्रेस वडा अधिवेशनमा विवादपछि गोली चल्यो


काठमाडौं । सर्लाही जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशन चलिरहेको अवस्थामा विवाद हुँदा प्रदेश–२ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)ले गोली चलाएका हुन् ।विवाद हुँदा मन्त्रीलाई समेत धकेलाधकेल गरिएपछि उनका पीएसओले गोली चलाएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले १ राउड हवाई फायर गरेका थिए ।