कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि


चितवन, १२ मङ्सिर ।

नेपाली कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ ।

नेपाली कांग्रेस चितवन कार्यसमितिको आज बसको बैठकले निर्वाचन समितिलाई अधिवेशनको मिति सिफारिस गरेको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिनुभयो । मङ्सिर १५ देखि १७ गतेसम्म बागमती प्रदेश समितिको निर्वाचन प्रक्रिया हुने भएकाले १८ गते मात्र पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्न लागिएको हो । यहि मङ्सिर ११ गते निर्वाचन गर्ने भनिएकामा नेकपा ९एमाले०को राष्ट्रिय महाधिवेशनकाम कारण आवास र आवतजावतको समस्या हुने भन्दै स्थगित गरिएको थियो ।

जिल्लाको आजको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । कांग्रेसको विधानमा जिल्ला सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएकाले दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ । यसका लागि कम्तीमा तीन दिन लाग्ने बताइएको छ । सभापति पदका ६ प्रत्यासी छन् ।