हरिमोहनले गरे ९१ औं पटक रक्तदान


विराटनगर, ११ मंसिर ।
विराटनगर ट्राफिकचोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९१ औं पटक रक्तदान गरेका छन् । नोबेल शिक्षण अस्पतालमा उपचारत झापा बैगुनधुराकी ७९ वर्षीय रत्नमाया लिम्बूका लागि उनले शुक्रबार ९२०७८ मंसिर १० गते० रक्तदान गरेका हुन् । बीएण्डसी अस्पताल विर्तामोडमा उपचार गर्दा निको नभएपछि रेफर गरी नोबेल अस्पताल विराटनगर ल्याइएकी लिम्बूलाई डाक्टरले भने अनुसार एक पिन्ट ताजा रगतको लागि श्रेष्ठले रक्तदान गरेका हुन् । लिम्बूलाई चाहिने रगत ए पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको विरामीका नाती महेश राईले बताए । श्रेष्ठले दिएको एक पिन्ट रगत चढाएपछि लिम्बूलाई अस्पतालले डिस्चार्ज गरेको राईले बताए ।

यसभन्दा अगाडि श्रेष्ठले गत भदौ ७ गते गाईजात्राको दिन मोरङ उर्लाबारीका सञ्जय माझीका लागि ९० औं पटक रक्तदान गरेका थिए । भदौ ६ गते राति उर्लाबारी(४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परि माझीको अस्पताल भर्ना गरिएका उनको करङ भा“चिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएको डाक्टरले भनेकाले श्रेष्ठले रक्तदान गरेर सहयोग पुर्‍याएको विरामीका दाजु भोलानाथ माझीको भनाई छ ।

श्रेष्ठले तीन/तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउ“सो राति केही नभनी रगत दिंदै आएका छन् । ८९ औं पटकमा उनले वैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि उनले रक्तदान गरेका थिए । त्यसपछि उनले तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजेपनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी भदौमा मात्र रक्तदान गरेका थिए ।

कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताए । विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा। केएन ठाकुरको कीर्तिमान छ । तर ठाकुरले अहिले वृद्धावस्थाका कारुण दिन छाडेका छन् । विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन् । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य  (काठमाडौं) १६७ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् । हाल अमेरिकामा रहेका मैनालीले २०० पटक रक्तदान गरिसकेका छन् । यस अवधिमा उनले दिएको रगत ६ सय जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।