कागेश्वरी मनोहरा नगर कमिटीको अध्यक्षमा चापागाई, उपाध्यक्षमा बोहोरा निर्वाचित


११ मंसिर, काठमाडौं ।
नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगर कमिटीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज सम्पन्न नगर कमिटीको अधिवेशनले सर्वसम्मत रुपमा भोला चापागाईको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनबाट अमर चन्द्र बोहारा, सपेन्द्र पुडासैनी र सीता नेउपाने (दाहाल) चयन भएका छन् । सचिवमा गौरी शंकर ऐरी, कोषाध्यक्षमा अनिल विक लगायत चयन भएका छन् ।