थप २९९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु


काठमाडौं ।

पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११,१५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २६० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ७६४२ जना सक्रिय संक्रमित रहेका छन् ।