बढ्यो हवाई भाडादर, भोलिदेखि लागू हुने


काठमाडौं, २८ कात्तिक ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई उडानको भाडा पनि बढेको छ । वायु सेवा कम्पनीले फ्युज सरचार्ज बढाएपछि भाडा बढेको हो ।

भोलि सोमवारदेखि लागू हुने नयाँ शूल्कअनुसार धनगढीको भाडा सबैभन्दा धेरै दुई सय २० रुपैयाँले बढेको छ भने सबैभन्दा कम डोटी–साफेबगरको भाडा २० रुपैयाँले बढेको छ ।

वायु सेवा सञ्चालक सङ्घका अनुसार निगमले हवाई इन्धनको पाँच रुपैयाँ बढाएपछि सरचार्ज वृद्धि भएको हो । बढेको सरचार्ज भोलिदेखि लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लालले जानकारी दिनुभयो ।