५५ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ८२ करोड बराबरको कारोबार


काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५५ अंकले बढेको छ। नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार आठ सय ३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

नेप्सेमा सात अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आइतबार सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस बैंकको आइतबार ३१ भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आइतबार सबैभन्दा धेरै कमाउनेमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य प्रतिशतले बढेको छ ।