यी हुन् माओवादीबाट बन्ने ३ मन्त्री र एक राज्यमन्त्री (नामावलीसहित)


काठमाडौं।

नेकपा माओवादी केन्द्रले ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमटी बैठकले सरकारमा जाने नेताहरुको टुंगो लगाएको हो ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

जनार्दन शर्मा र पम्फा भुसाल यसअघि नै माओवादी केन्द्रबाट मन्त्री बनिसकेका छन् ।