पार्टी कमिटी जेठ ३ पूर्वकै अवस्थामा पर्काउने ओलीको घोषणा


२३ जेठ, काठमाडौं ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्नुभएको छ । उहाँले पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान असन्तुष्ट खनाल नेपाल समुहलाई एकतामा ल्याउन उक्त घोषणा गर्नुभएको हो ।
आइतवार पार्टी एकताका लागि ६ बुँदे प्रस्तावमा प्रधानमन्त्री ओलीले पार्टीलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने बताउनुभएको छ । नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका नेतारुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने उल्लेख गरिएको छ । अध्यक्ष ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावको चौथो नम्बर बुँदामा विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा गरिएको हस्ताक्षर खनाल नेपाल समुहका सांसदरुले फिर्ता लिइनुपर्ने शर्त अगाडि सार्नुभएको छ । आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ, उहाँले भन्नुभएको छ ।
मातहतका पार्टी कमिटी र जनसंगठनहरु जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने घोषणा गर्दै ओलीले संगठनात्मक क्षेत्रका निश्कर्षहरुलाई कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधान लागि कार्यदलले काम गर्ने बताउनुभएको छ । यसवीचमा कसैले गरेका गल्ती कमजोरीलाई लिएर कसैमाथि कावाही नचलाइने बताउदै उहाँले पार्टीमा भावनात्मक एकताका लागि रचनात्मक सहयोग हुने अपेक्षा गर्नुभएको छ ।