अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिने


काठमााडौं ।
अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अग्रसरतामा अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउन लागेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालले जानकारी दिएका छन् ।

उनले लेखेका छन् – सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ िहाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ ।

सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ ।हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ, उनले भनेका छन् ।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको वक्तत्वमा पहिलो चरणमा २।५ करोड करोड डोज खोप वितरण गर्न लागिएको जानकारी दिइएको छ । यसमध्ये ७५ प्रतिशत अर्थात् १.९ करोड डोज खोप कोभ्याक्सको माध्यमबाट वितरण गरिने बताएको छ ।

यसमध्ये ६० लाख डोज ल्याटिन अमेरिका, ७० लाख डोज दक्षिण र दक्षिण पूर्वी एसियामा र ५० लाख डोज खोप अफ्रिकामा वितरण गरिनेछ । बाँकी ६० लाख डोज अमेरिकाले कोरोना महामारीको गम्भीर चपेटामा रहेका राष्ट्र, छिमेकी र पार्टनरहरुलाई वितरण गर्ने बताइएको छ ।अमेरिकाले जुन महिनाको अन्त्यसम्ममा ८ करोड डोज खोप वितरण गर्ने जनाएको छ ।