काठमाडौंमा थप ८०४ जनामा कोेरोना संक्रमण पुष्टि


काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप ८०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा भने ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १०९ जनाको मृत्यु भएको छ ।