कोरोना अपडेट : थप ४३६९ जनामा संक्रमण, १०९ को मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देशभरका १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।