प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाद्धारा ठाडै अस्वीकार


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन राखेको प्रस्ताव प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ठाडै अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते आफूले विश्वासको मत लिन लागेकाले समर्थन गर्न गरेको आग्रहलाई देउवाले अस्वीकार गरेका हुन् ।

आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको दौडधुपमा लागेका देउवाले प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्ने मनलाग्दी ढंगले संसद बैठक बोलाएर अध्यायदेश जारी गर्ने कदम अलोकतान्त्रिक भएको भन्दै ओलीसँग असन्तुष्टि जनाएको भेटमा सहभागी एक नेताले बताए ।
दल बल सहित देउवा निवास बुढानिलकण्ठमा पुगेका प्रधानमन्त्री ओलीले फर्कने क्रममा निराश भएर फर्किएका छन् । कांग्रेसलाई फकाउन अन्तिम प्रयास स्वरुप ओली देउवालाई भेटन निवासमै पुगेका हुन् ।

यता आफ्नै पार्टीभित्रका सांसदले समर्थन नगर्ने सूचना पाएपछि प्रधानमन्त्री ओली थप संकटमा परेका छन् । कांग्रेस सभापति देउवालाई माओवादी केन्द्र नेपाल समुह र उपेन्द्र यादव समुहले साथ दिने बताइएको छ ।