म्यानमारमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध, ४८ पत्रकार पक्राउ


एजेन्सी । सत्ता कब्जापछि क्रूर बन्दै गएको म्यानमार सरकारले सामाजिक सञ्जालमाथि कडा प्रतिबन्ध लगाएको छ। सूचनामा नियन्त्रण गर्दै ४८ पत्रकार गिरफ्तार गरेको छ भने आइतबार सेनाको गोलीबाट आठजनाको मृत्यु भएको छ।

लोकतन्त्र बहाली आन्दोलनमा अहिलेसम्म ७५९ जनाको मृत्यु भइसकेको छ। फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता साइटमा प्रतिबन्ध लगाइएको छ भने थुप्रै अखबार बन्द गराइएको छ। फेबु्रअरी १ मा त्यहाँ सेनाले सत्ताकब्जा गरेको थियो।