ओप्पोको नयाँ फाइभजी स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?


काठमाडौं । ओप्पोले नयाँ फाइभजी स्मार्टफोन ओप्पो ए फिफ्टी फाइभ फाइभजी सार्वजनिक गरेको छ । ओप्पाचेले यो फोन पहिलो पटक चीनमा सार्वजनिक गरेको हो ।

यो फोनमा मिडियाटेक डाइमेन्सिटी ७०० प्रोसेसर तथा ६ जीबी र्‍याम रहेको छ । ओप्पो ए फिफ्टी फाइभ फाइभजीमा वाटर ड्रप नोच डिस्प्लेका साथै ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । ओप्पोको यो नयाँ स्मार्टफोनमा १३ मेगापिक्सेलको प्राइमरी सेन्सर सहित तीन वटा रियर क्यामेरा रहेका छन् ।

ओप्पो ए फिफ्टी फाइभ फाइभजीको स्पेसिफिकेसनको कुरा गर्ने हो भने फोनमा डुअल सिम सपोर्टसँगै एन्ड्रोइड इलाभेनमा आधारित कलर ओएस इलाभेन रहेको छ । फोनमा ६।५ इञ्चको एचडी प्लस डिस्प्ले दिइएको छ । जसको रेजोलुसन ७२० बाई १६०० पिक्सेल छ । डिस्प्लेको रुपमा एलसीडी प्यानल प्रयोग गरिएको छ ।

जसको रिफ्रेश रेट ६० हर्ज तथा ब्राइटनेस ४८० निट्स रहेको छ । फोनको स्टोरेज क्षमता एसडीकार्डमार्फत एक टीबीसम्म विस्तार गर्न सकिन्छ । यसको क्यामेराको कुरा गर्ने हो भने फोनमा ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ । जसमा १३ मेगापिक्सेलको मूख्य क्यामेरा रहेको छ, जसको अपार्चर एफर२.२ छ । सँगै अर्को लेन्सको रुपमा दुई मेगापिक्सेलको म्याक्रो तथा तेस्रो दुई मेगापिक्सेलकै पोट्रेट लेन्स दिइएको छ ।

डी डटकमले बिक्रि शुरु गरेको ओप्पो ए फिफ्टी फाइभ फाइभजी एउटा मात्र भेरियन्टमा सार्वजनिक भएको छ । ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको यो फोनको मूल्य १५९९ युआान अर्थात करिब २९ हजार रुपैयाँ राखिएको छ । यो फोन ब्रिस्क ब्लू र रिदम ब्ल्याक कलर भेरियन्टमा खरिद गर्न सकिनेछ ।