ओलीले आफूलाई कामचलाउ प्रधानमन्त्री भन्नुपर्छ : अध्यक्ष नेपाल


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल पक्षका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाइृ काम चलाउ प्रधानमन्त्री भन्नुपर्ने नभए दप छोड्नुपर्ने  बताएका छन् ।  मंगलबार आफू निकट पत्रकारहरुको भेलालाई सम्त्रोधन गर्दैै उनले यस्तो बताएका हुन् ।  उनले भने,  ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।’

उनले ओली जालसाझmी गर्न माहिर नेता भएकाले उनले यसो नगर्ने बताए । ‘तर, केपी ओलीले पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्, यो पदको लोलुपता हो’, नेपालले थपे ।  नेता नेपालले ओलीले आफू र प्रचण्डलाई भर्याङ मात्रै बनाएको पनि बताए ।  नेपालले भनेका छन्, ‘मैले प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँ भन्ने लागि रहेको छ ।’ उनले आरिजिनल एमाले आफूहरु नै भएको पनि बताएका छन् ।