काठमाडौँका सडकमा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत


१५ माघ, काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको छ । उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकमा संरचना रहेका निकायका प्रतिनिधिसहित बैठक गरेर दुई सातामा खाल्डाखुल्डी हटाउन लाग्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठसँगै सम्बन्धित निकायका प्रतिनिधिहरुले उपत्यकाका बिभिन्न सडकको स्थलगत अवलोकन समेत गरेका थिए ।
बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका बिभिन्न निकायले आआफ्नो काम गरिरहेको भएपनि एकीकृत स्वरुपमा समन्वयत्मक ढङ्गले काम गर्न आबश्यक रहेकोमा जोड दिए । विकास निर्माणका काम गुणस्तरिय रुपमा सम्पन्न गर्नपर्ने बताउदै उनले कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्न निर्देशन दिए । एकले अर्कोले दोष दिएरभन्दा जनताले राम्रो सेवा पाउन भनी काम गर्न छलफल शुरु गरिएको छ, उनले भने ।
एउटै ठाउँमा काम गर्ने निकायहरुले एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिदै श्रेष्ठले मन्त्रलयलका तर्फबाट गर्नुपर्ने समन्वय वा कुनै पनि किसिमको सहयोग महानगरपालिका वा अरु निकायलाई आबश्यक पर्दा गर्न पनि निर्देशन दिए ।
प्राधिकरणले बत्ती बालेर जनता खुसी भएपनि उसका संरचनाका कारण सडकमा समस्या आएको भनी गुनासो आइरहेको बताउदै प्राधिकरणले उच्चस्तरको बैठक गरेर समस्या समाधान गर्न लाग्नुपर्ने बताए । सडकमा रहेका संरचनाले सडकमा पुगेको अवरोधका बिषयमा आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग कुराकानी भइरहेको उनले बताए । सडकमा रहेका खाल्डाखुल्डी हटाउन र समन्वयमा रहेको समस्या हटाउने उद्देश्यले अहिले दुई सातामा एक पटक बैठक बस्ने गरिएकामा आगामी दिनमा आबश्यकता अनुसार एक दुई महिनामा बस्न सक्ने उहाँले बताए ।
त्यसैगरी काठमाडौँ उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वय गरि सडक सुधार गर्ने गरि काठमाडौँ सङ्घीय सडक सुपरिबेक्षण तथा अनुगमन कार्यालयका सुपरिट्न्डेन्ट इञ्जिीनियर डा. बिजय जैशीको संयोजकत्वमा आठ सदस्यीय स्थायी सम्यन्त्र गठन गरेको छ । विभिन्न आठ प्रतिनिधि सदस्य रहने निकायहरुमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति,काठमाडौ महानगरपालिका,ललितपुर महानगरपालिका, नेपाल टेलिकम,मेलम्ची खानेपानी आयोजना,नेपाल बिधुत प्राधिकरण र काठमाडौ उपत्यका खानेपनी लिमिटेड रहेका छ्न। बैठकले तीनकुनेस्थित बागमती पुल र बिजुलीबजारस्थित धोबीखोलाको पुल मुनिबाट करिडोर चालु गर्ने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट सञ्चालित आयोजनाहरुको निर्माणस्थलमा प्राधिकरण र सडक विभागबीच भएको समझदारीअनुसार क्षति पुगेको खण्डमा अस्थायी वा स्थायी खण्डको पुनःस्थापना गर्ने पनि निर्णय भएको छ ।