गीतकार सुरजको ‘एक झल्को’मा एलिना चौहान


नेपालभूमि, काठमाडौं ।

गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोमा गायिका चौहान नै फिचर छिन् ।

गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेको गीतको भिडियो प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् ।  जोसँग उनले पछि विबाह गरे ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन जनक वलीले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् । पेशाले सिभिल इञ्जिनियर हुन् सुरज ।

परिवारसहित क्यानडामा बस्दै आएका सुरजले यसअघि ए माया जूनकीरी बोलको गीतको भिडियो निर्माण गरेका छन् । जसमा उनकै छोरी अनुसा अधिकारीको अभिनय रहेको छ ।