जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु


नेपालभूमि, जुम्ला ।

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा  दुर्घटना हुदा दुइ जनाको मुत्यु भएको  प्रहरीले जनाएको  छ ।

जुम्ला प्रहरीका अनुसार  जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी –१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला – ३ का २० वर्षीया आकाश थापा को मृत्यु भएको हो।

त्यस्तै जुम्लाका प्रहरी निरिक्षक याम बहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको  थियो ।  आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटना भएको अटो तिला ३ को श्रीवेणी स्थित कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेको छ  ।