जब कारले ठक्कर दिएकी युवतीलाई एक घन्टासम्म सडकमा घिसार्‍यो…


एजेन्सी, नयाँ दिल्ली ।

भारतको राजधानी दिल्लीमा नयाँ वर्षको दिन एक २० वर्षीया युवतीको विभत्स मृत्युले सिंगो देशलाई स्तब्ध बनाएको छ । समाचार रिपोर्टहरूका अनुसार एउटा कार्यलयमा इभेन्ट म्यानेजरको पदमा कार्यरत महिला नयाँ वर्षको दिन कामबाट फर्कदै गर्दा उनको स्कुटर कारसँग ठोक्किएको थियो ।  अन्य चार जना यात्रु बोकेको कारका चालकले महिलाको शवलाई तानेर केही माइलसम्म हिँडेको प्रहरीले जनाएको छ ।

कारले धेरै समयसम्म शवलाई घिसारेर लगेको देखाउने कैयौं सीसीटीभी भिडियोहरु सार्वजनिक भएका छन् । जसका कारण सर्वासाधारण मानिस आक्रोशित बनेका छन् ।

इन्डियन एक्सप्रेस अखबारले रिपोर्ट गरेको छ कि महिलाको शव लगभग एक घण्टासम्म सडकमा तानिएको थियो र त्यो पत्ता लगाउनु अघि साक्षीहरूले प्रहरीलाई कम्तीमा पाँच पटक पुलिसलाई फोन गरेका थिए। यो नयाँ वर्षमा भएको थियो जतिबेला दिल्लीको सडकमा गस्ती गर्न हजारौं पुलिसकर्मीहरू तैनाथ गरिएको थियो ।  घटनाले विभिन्न प्रश्नहरू खडा गरेको छ ।

यसैबीच कारमा सवार पाँच जना प्रहरी हिरासतमा छन् र उनीहरूले अहिलेसम्म कुनै बयान दिएका छैनन् । घटनालाई लिएर भारतभर आक्रोश फैलिएको छ । भारतमा सडक दुर्घटनाहरू सामान्य छन्  । दुर्घटनाले प्रत्येक वर्ष सयौं हजारौं मानिसहरूको ज्यान लिन्छ । तर, यो विशेष गरी डरलाग्दो घटनाले राष्ट्रको  ध्यान तानेको छ र व्यापक मिडिया कभरेज गरेको छ।