पर्सा राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका ५ जना पक्राउ


५ पुस, काठमाडौं ।

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना हतियारसहित पक्राउ परेका छन् । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भइ हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी र काभ्रेको नासिक गाविस ६ का मालदोङ्ग तामाङ पक्राउ परेका हुन् ।
नेपाली सेनाले संचालन गरेको “अपरेशन महाहण्ट)” को दौरान अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ सिद्धिबक्स गणको सुरक्षा वेश चारभैयाबाट निकुञ्‍ज प्रशासनको कर्मचारी सहित खट्टिएको नेपाली सेनाको टोलीले जमुनिया खोला नाका ईलाकामा एम्बुस थापी सर्चको कार्वाही ग गर्दा शिकार गर्न आएका व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मृत पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका बा ५ त ७८०५ र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरका गाडी, १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, नगद दुई लाख ९० हजार ६३० रुपैयाँ रामदसहित वन संरक्षण टोलीले पक्राउ गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिए ।उनीहरु निकुञ्ज अन्तर्गत पर्ने पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनियास्थित जंगलमा वन्यजन्तुको शिकार गर्न पुगेका थिए ।