विश्वकपमा आज चार खेल, बेल्जियम र जर्मनीलाई जित्नै पर्ने दबाब


काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बिहीबार) चार खेलहरु हुँदैछन् । जसमा समूह ई र एफ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो दुई खेलमा क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

यस्तै आजै हुने दोश्रो दुई खेलमा जापान र स्पेन तथा कोस्टारिका र जर्मनी भिड्ने छन् । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट पनि अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

हालसम्म ११ टोली नकआउट चरणमा पुगिसकेको छ । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल, समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका, समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड र समूह ‘डी’ बाट फ्रान्स र अष्ट्रेलिया अन्तिम १६ मा पुगेका छन् । ब्राजिल र पोर्चुगल पनि एक खेल अगावै प्रि–क्वाटरफाइनलमन पुगिसकेका छन् ।