लक्ष्मी पूजामा झिलिमिली काठमाडौं (फोटोफिचर)


सुरज ढकाल

७ कात्तिक, काठमाडौं । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा घरघरमा पुजा गरेर मनाइएको छ । तिहार आफैंमा उज्यालो पर्व हो । त्यसमा पनि लक्ष्मीपूजाको दिन हिन्दु धर्मावलम्बीहरुमा घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको स्वागत गर्ने प्रचलन छ । सोही प्रचलन अुनसार घरघरमा साँझ लक्ष्मीको पूजा गरिएको छ । काठमाडौंमा सर्वसाधारणले घरलाई झिलिमिली बत्तीले छोपेका छन् । व्यापारिक मलहरु पनि बत्तीले सजाइएको छ ।

काठमाडौंका कतिपय सडकमा समेत झिलिमिली बत्ती राखेर उज्यालो पारिएको छ । जसको कारण काठमाडौं उपत्यका निकै सुन्दर र आकर्षक देखिएको छ । काठमाडौंका अग्ला स्थानहरु स्वयम्भू, कीर्तिपुर आदि क्षेत्रबाट लक्ष्मीपूजाको दिन उपत्यकाका घरहरुको मनमोहक दृश्य देखिएको छ । यी क्षेत्रमा उपत्यकाको भिलिमिली दृष्यावलोकन गर्नेहरुको भीड समेत बढेको छ ।

हेर्नुहोस स्वयम्भुबाट देखिएको काठमाडौंको झिलिमिली ।