विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त


काठमाडौं

विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ । पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४)६ र ७२ (४)७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बास्कोटाले बताइन् ।

प्रवक्ता परियार विवेकशील साझा पार्टीका संस्थापक नेता मध्येका एक हुन । पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका इटहरिका परियार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख पनि हुन् ।

एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका परियारले आमसञ्चारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियाबाट नेतृत्व विकासको तालिम लिएका छन् । परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा पनि क्रियाशील छन्।