सयभन्दा बढी देशमा एकसाथ विक्रम वेधा


एजेन्सी ।

बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खानको फिल्म ‘विक्रम वेधा’ विश्वका एक सयभन्दा बढी देशबाट एकसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म भारतका अलावा उत्तरी अमेरिका, ब्रिटेन, मध्य पूर्व र अस्ट्रेलिया तथा न्यूजील्याण्डसहित कैयौं देशमा ३० सेप्टेम्बरमा रिलिज हुँदैछ ।

फिल्म युरोपका २२ देश र अफ्रिका तथा ल्याटिन अमेरिकाका २७ देशमा रिलिज हुँदै छ । जसमा जापान, रुस, पनामा र पेरु छन् । यो फिल्म सन् २०१७ को तमिल हिट फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेक हो ।

तमिल भर्सनको निर्देशन लेखक तथा निर्देशक पुष्कर र गायत्रीले गरेका थिए । फिल्ममा आर माधवन र विजय सेतुपतिको अभिनय थियो ।

यो भारतीय लोककथा ‘विक्रम और बेताल’ मा आधारित एक्सन थ्रिलर फिल्म हो । फिल्मले एक प्रहरी अधिकारी विक्रम (सैफ) को कथा बोल्छ, जो एक समान रुपले प्रख्यात ग्याङ्स्टार वेधा (ऋतिक)लाई पक्रन र मार्न निस्किएको हुन्छ ।

फिल्मको निर्माण टी– सीरीज र रिलायन्स इन्टरटेनमेन्टले फ्राइडे फिल्मवक्र्स, जियो स्टुडियोज र वाईनट स्टुयिोको सहयोगमा गरेको हो ।